लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी

लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी



न्यूयोर्क । मनवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए)ले लेबनानको मनवीय अवस्था बढ्दो वैमनस्यको बिचमा बिग्रदै गएको जनाएको छ ।

यस क्षेत्रको स्वास्थ्य सेवाले निरन्तर आक्रमणको सामना गरिरहेको र कर्मचारी तथा स्रोत अभावले लेबनानको नाजुक स्वास्थ्य पूर्वाधारमा थप तनाव आइरहेको संयुक्त राष्ट्रका प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् ।

उनले दक्षिणी लेबनानको बिन्ट जेबिल जिल्लाको टेबिन सरकारी अस्पताल नजिकै इजरायली हवाई आक्रमणले अस्पतालमा क्षति पुर्‍याउँदा दर्जनौं मानिस घाइते हुनुका साथै अस्पतालमा क्षति पुर्‍याएको जनाएका छन् ।

सन् २०२३ अक्टोबरदेखि लेबनानमा भएका स्वास्थ्य केन्द्र लक्षित ६० वटा आक्रमणमा ११० जना स्वास्थ्य सेवाकर्मीको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

उहाँले लेबनानमा संयुक्त राष्ट्रसङ्घका सैन्यलगायतका सुविधाहरू अझै पनि आक्रमणबाट प्रभावित रहेको पुष्टि गर्दै राष्ट्रसङ्घको शान्ति सेनाहरूको रक्षा गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।