विराटनगर । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
कोशी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघि सरकारका प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई दिइएको थियो ।
जापान भ्रमणसँग सम्बन्धित विवादमा मुछिएपछि अधिकारीले बुधबार राजीनामा दिएका छन् । उनको राजीनामासँगै प्रवक्ताको जिम्मेवारी राईले पाएका हुन् ।
प्रतिक्रिया