काठमाडौँ । आज संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक संघीय संसद सचिवालय सिंहदरवारस्थित कानून न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा दिउँसो सवा १२ बजे बस्नेछ ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया