काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक प्रहरी हिरासतमै बसेको छ । हिरासतभित्र रास्वपा सभापति रवि लामिछानेसहित उपसभापतिहरू डा. स्वर्णिम वाग्ले, डीपी अर्याल र मनिष झाको विशेष बैठक बसेको भन्दै रास्वपाका केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।
रास्वपा सभापति समेत रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछाने कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । लामिछानेलाई पोखराबाट रुपन्देही लैजाने तयारीकाबीच रास्वपाका नेताहरू हिरासतमै बैठक बसेका हुन् । संग्रौलाले रवि लामिछानेलाई भोलि रुपन्देही लगिने पोस्टमा लेखेकी छन् । लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप छ ।
मेरो पक्राउ राजनीतिक प्रतिशोध हो भन्ने बुझाउनुस्: रवि
सभापति लामिछानेलाई भेट्न आज दुई उपसभापति डीपी अर्याल र डा.स्वर्णिम वाग्लेले जिल्ला प्रहरी कार्यालय कास्की पुगेका छन । जिल्ला प्रहरी कार्यलय कास्की पुगेका उनीहरुले सभापति लामिछानेसँग प्रहरी हिरासतभित्रै भेटवार्ता गरेका हुन ।
सोमबार भएको भेटमा लामिछानेले आफूलाई हिरासतमा नलिई अनुसन्धान गर्न सकिनेमा सत्तापक्षले राजनीतिक प्रतिशोधका कारण हिरासतमा राखेको बताएका थिए । उनले आफूलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध हो भन्ने कुरा जनतालाई बुझाउन निर्देशन दिएको उपसभापति अर्यालले जानकारी दिए ।
प्रतिक्रिया