काठमाडौं । निजामति कर्मचारी (सिभिल) अस्पतालमा कार्यरत एकजना डाक्टर सहकर्मीमाथि यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् । घटना भाइटिकाको भोलिपल्ट (१९ कात्तिक) को हो । महिला चिकित्सकमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कोठामा अरु कोही नभएको मौका पारी आफूमाथि ती डाक्टरले यौन दुर्व्यवहार गरेको भन्दै सहकर्मीले जाहेरी दिएपछि बानेश्वर प्रहरी वृत्तले ती डाक्टरलाई पक्राउ गरेको थियो । पक्राउ पर्ने र उजुरीकर्ता डाक्टरको परिचय प्रहरीले गोप्य राखेको छ । ती डाक्टरलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया