भोलि पनि रवि लामिछानेसँग बयान लिइने, बुधबार १० घण्टासम्म लिइयो बयान

भोलि पनि रवि लामिछानेसँग बयान लिइने, बुधबार १० घण्टासम्म लिइयो बयान


ग्लोब नेपाल
108
Shares

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भोलि बिहीबार पनि बयान लिइने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज बुधबार लामिछानेसँग १० घन्टा बयान लिएको थियो ।

बिहान १०:१५ बजेबाट लामिछानेको भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको थियो। बयान साँझ सवा ७ बजेसम्म १० घण्टा लगाएर लिइएको थियो ।

लामिछानेले सहकारीबाट आफ्नो नाममा ऋण प्रवाह भएको तर यसबारे आफूलाई कुनै जानकारी नभएको इन्कारी बयान दिएका छन् । बयानको क्रममा, जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र प्रहरीका अधिकारीहरूको उपस्थितिमा लामिछानेले आरोपको खण्डन गरेका छन् ।

न्यायाधिवक्ता पौडेलले बयान करिब करिब अन्तिममा पुगे पनि नसकिएको बताए। बिहीबार बिहान १० बजेबाटै वयान पुनः सुरु हुने उनले जानाकारी दिए। लामिछानेलाई कडा सुरक्षाकाबीच जिल्ला प्रहरी कार्यालयमा लगिएको छ।