बुटवल । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज कास्की लगिने भएको छ ।
३ कात्तिकदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटर्वकमा अपचलन भएको विषयमा बयान लिन मंगलबार पोखराबाट भैरहवा ल्याइएको थियो ।
उनीसँग जिल्ला सरकारी वकिल र प्रहरीले ३ दिनसम्म लगातार बयान लिएका थिए । बयानका क्रममा लामिछानेले सहकारीको रकम गोर्खा मिडियामा लैजान आफ्नो भूमिका नहरेको बताएका छन् ।
लामिछानेसँग मंगलबार ५ घण्टा, ८ घण्टा र बिहीबार झन्डै १० घण्टा गरी २३ घण्टा बयान लिइएको छ । त्यस क्रममा उनलाई कून ७४ वटा प्रश्न गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । ती सबै प्रश्नमा उनले सहकारीको रकम अपचालनबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रूपैयाँ लामिछानेको नाममा र १४ करोड २९ लाख रूपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया