काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार गिरेपछि फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समितिको भेलालाई शनिबार सम्बोधन गर्दै उनले प्रमुख विपक्षी दलको हैसियतलेयो सरकार तलमाथि भए आफूहरुले सरकार बनाउने दाबी गरे ।
‘यही हलमा हो मैले ३२ को संख्यालाई जादुको संख्या भयो भनेको थिएँ । मेरो भनाइले उनीहरुले उद्धेलित र तरंगित भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला’, प्रचण्डले भने, ‘अहिले पनि हाम्रो संख्या म्याजिक नै छ । किनभने हामी ३२ भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी त्यो भनेको गभरमेन्ट इन वेटिङ हो, पर्खिराखेको सरकार भन्छ । यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो त्यसैले चिन्तित हुने कुरा छैन ।’
प्रतिक्रिया