कांग्रेसले कीर्तिपुरको मेयरमा कृष्णमानलाई उम्मेदवार बनाउने

कांग्रेसले कीर्तिपुरको मेयरमा कृष्णमानलाई उम्मेदवार बनाउने


ग्लोब नेपाल
54
Shares

काठमाडौं । कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस वागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालले डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए ।

डंगोल काँग्रेस कीर्तिपुर नगर समिति सभापति हुन् । काँग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि एमालेले सुरेन्द्र मानन्धर र माओवादी केन्द्रले प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरिसेकको छ ।