देवेन्द्र पाठकलाई कांग्रेसले बनायो काठमाडौं–१६ को उम्मेदवार

देवेन्द्र पाठकलाई कांग्रेसले बनायो काठमाडौं–१६ को उम्मेदवार


ग्लोब नेपाल
621
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका–१६ मा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पाठकलाई वडाअध्यक्ष उम्मेदवार बनाउने निर्णय गरिएको कांग्रेस काठमाडौं सभापति सबुज बानियाँले जानकारी दिए । पाठक कांग्रेसका सोही वडाका पार्टी सभापति हुन् । २०७९ वैशाखमा सम्पन्न निर्वाचनमा सो वडाको अध्यक्षमा कांग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका थिए ।

रिजालको गत वर्ष निधन भएको थियो । उक्त वडामा एमालेले लक्ष्मीरत्न तुलाधर र एकीकृत समाजवादीले मीनबहादुर मानन्धरलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले समाजवादी उम्मेदवार मानन्धरलाई समर्थन गरेको छ । स्वतन्त्र पार्टीले रोजिना श्रेष्ठलाई वडाअध्यक्षमा उठाएको छ ।