हार्दिक पान्ड्या टी–२० अलराउन्डर वरीयताकाे शीर्ष स्थानमा

हार्दिक पान्ड्या टी–२० अलराउन्डर वरीयताकाे शीर्ष स्थानमा



काठमाडौं । भारतीय क्रिकेट टिमका सदस्य हार्दिक पान्ड्या टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हार्दिक दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा आइपुगेका हुन् । यसअघि गएको जुलाईमा पनि उनी शीर्ष स्थानमा पुगेका थिए । यो वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत् छन् । यस्तै इङ्गल्यान्डका लायम लिभिंगस्टोन दुई स्थान तल झर्दै तेस्रो स्थनमा छन् ।

यस्तै टी–२० ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष र इंगल्यान्डका फिल साल्ट दोस्रो स्थानमा यथावत् छन् । यो वरीयतामा भारतका तिलक वर्मा एकैपटक ६९ स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन् ।

यस्तै टी–२० बलिङ वरीयतामा इंगल्यान्डका अदिल रशिद शीर्ष र श्रीलंकाका वानिन्दु हसरङ्गा दोस्रो स्थानमा यथावत् छन् । यो वरीयतामा अस्ट्रेलियाका एडम जम्पा पाँच स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन् ।