काठमाडौं । कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ । काठमाडौं जिल्ला अदालतले मंगलबार लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा संलग्न रहेको कसुरमा अनुसन्धान गर्न पक्राउ अनुमति दिएको थियो । आइतबार बयानका लागि उपस्थित गराउने हिसाबले लामिछानेलाई काठमाडौं ल्याउने तयारी भएको बुझिएको छ ।
नेपाल प्रहरीका पूर्वडिआईजी एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशी बन्जाडेलाई काठमाडौंबाट पुनः पोखरा लगिएको छ । कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका सर्वसाधारण बचतकर्ताको रकम अपचनल कसुरमा बयानका लागि पोखराबाट केही दिनअघि काठमाडौं ल्याइएको थियो ।
बिहीबार उनको बयान सकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए । ‘अहिलेलाई उहाँको बयान सकिएको छ’, उनले भने, ‘शुक्रबार पोखरा पठाइन्छ, आवश्यक परे फेरि उपस्थित गराउन पनि सकिन्छ ।’
प्रतिक्रिया