काठमाडौं । जिनियस आईबी वर्ल्ड स्कुल, ललितपुरले वार्षिक खेलकुद दिवस– २०८१ को समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा साफ महिला फुटबल च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रर्दशन गरेबापत जिनियसले टोलीलाई सम्मान गरेको हो ।
जिनियसका संस्थापक अध्यक्ष नवीनकुमार जोशीले मुख्य प्रशिक्षकसहित २६ सदस्यीय टोलीलाई प्रंशसा–पत्रसहित १ लाख ३० हजार नगद प्रदान गरे ।
नेपाली महिला फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाले यस प्रकारको सम्मानले खेलाडीहरूको मनोबल उच्च बनाउने बताउँदै विद्यालय परिवारप्रति आभार व्यक्त गरिन् । उनले खेलकुदको क्षेत्रमा अघि बढ्न यस्ता सम्मानले ठूलो प्रेरणा दिने बताउदै अझ उत्कृष्ट प्रदर्शनका लागि ऊर्जा थप्ने बताइन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कात्तिक १४ गते भएको फाइनलमा नेपाल बंगलादेशसँग २–१ गोलले पराजित हुँदै उपविजेता बनेको थियो ।
प्रतिक्रिया