काठमाडौं । सन्तोष गोङ्बाको ह्याट्रिकसँगै न्युरोड टिम (एनआरटी)ले ललित स्मृति एन्फा यु–१८ यूथ लिगमा चर्च ब्वाइज युनाइटेड क्लबमाथि सहज जित निकालेको छ ।
एन्फा कम्पेक्समा आइतबार भएको खेलमा एनआरटीले चर्च ब्वाइजलाई ३–० गोलले हरायो । सन्तोषले १७, २२ र २९औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
जितसँगै एनआरटी १२ खेलबाट २५ अंक बनाएको एनआरटी दोस्रो स्थानमा छ । एक खेल कम खेलेको नेपाल पुलिसको २६ अंकसहित शीर्षस्थानमा छ । हारसँगै समान खेलबाट १४ अंक बनाएको चर्च ब्वाइज नवौँ स्थानमा छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालित लिगमा १२ टोलीको सहभागिता रहेको छ ।
प्रतिक्रिया