हवाई टिकट कसले व्यहोर्ने टुंगो नहुँदा रविको काठमाडौं यात्रा अनिश्चित

हवाई टिकट कसले व्यहोर्ने टुंगो नहुँदा रविको काठमाडौं यात्रा अनिश्चित


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आज पोखराबाट काठमाडौं पठाउने भनिए पनि हवाई टिकट कसले व्यहोर्ने टुंगो नहुँदा अनिश्चित भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौं पठाउने तयारी गरीएको थियो । तर अहिलेसम्म काठमाडौंबाट हवाई टिकट प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डीएसपी बसन्त कुमार शर्माले जानकारी दिएका छन् ।

डीएसपी शर्माले भने, ‘आज बयानका लागि काठमाडौं पठाउने त भनिएको हो, तर हवाई टिकटलगायतका कागजात प्राप्त भइसकेको छैन ।’ सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।