अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाई  सामाजिक सञ्जालमा प्रतिबन्ध

अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाई  सामाजिक सञ्जालमा प्रतिबन्ध


ग्लोब नेपाल
108
Shares

सिडनी । अष्ट्रेलियामा १६ बर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन् । अस्ट्रेलियाको संसदले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट प्रतिबन्ध लगाउने कानुन पारित गरेसँगै यो नियम लागू भएको छ ।

विश्वमा ठूला सामाजिक सञ्जाल प्लेटफर्महरूलाई लक्षित गर्ने सबैभन्दा कडा नियमहरू मध्ये एक मानिएको छ ।

बिहीबार सिनेटले पारित गरेको कानूनले १६ वर्ष मुनिका व्यक्तिहरूलाई सामाजिक सञ्जालमा खाता खोल्नबाट रोक लगाए लगत्तै इन्स्टाग्राम, फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जाललाइ ठूलो घाटा हुनेछ ।

बालबालिकालाइ सामाजिक सञ्जाल प्रयोग गर्ने कानुन लागु गराउन नसकेमा अष्ट्रेलियन डलर ५० मिलियनसम्म जरिवाना सामाजिक सञ्जाल कम्पनिहरूलाई हुनेछ ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले विधेयकको समर्थन गरेका छन । सो कानुन पारित भए लगत्तै अभिभावकहरूले खुसीयालीमा जुलुससमेत गरेका छन् ।

प्रधानमन्त्री अल्बानीजले भनेका छन कि अब अष्ट्रेलियाली बालबालिकाहरू आफ्ना फोनहरू बन्द गरेर फुटबल र क्रिकेट मैदान, टेनिस र नेटबल कोर्टमा, स्विमिङ पूलमा पुग्नेछन् ।

गोपनीयता  सबन्धी समर्थक र केही बाल अधिकार समूहहरूले विधेयकको विरोध गरे पनि ७७ प्रतिशत जनताले १६ वर्षभन्दा कम उमेरकालाई सामाजिक सञ्जालमा प्रयोगमा प्रतिबन्ध लगाउने संसदको निर्णयको स्वागत गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।