बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा

बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा



भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुगेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहका लागि उनी लुम्बिनी आएका हुन् ।

प्रधानमन्त्री ओलीलाई उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विमानस्थलमा स्वागत गरे । कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, शिक्षामन्त्री विद्या भट्टराई सहभागी छन् ।

शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ जना विद्यार्थी दीक्षित हुँदैछन् । दीक्षान्त समारोहलाई प्रधानमन्त्रीले केही बेरमा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।