काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलकाे कार्यालय लगिएकाे छ ।शुक्रवारदेखि काठमाडाैं प्रहरीकाे हिरासतमा रहेका लामिछानेलाई बाँकी बयानका लागि आज सरकारी वकिलकाे कार्यालय लगिएकाे हाे ।
बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याईएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आइतबारसम्म काठमाडौंमा नै रहेका थिए । बयान सकिएमा आजै उनलाई पाेखरा फर्काइने छ ।
शुक्रबार बिहान देखि सुरू भएको बयान साे दिनकाे अपरान्ह ३:३० बजे सकिएको थियाे । उनले त्याे दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए ।
सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाइ ठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाडौं ल्याइएको हो।
स्वर्णलक्ष्मी सहकारीबाट जिबी राई र रविले लाखौं रकम लिएको प्रमाण भेटिएको छ। बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेका छन्। त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ। त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ।
प्रतिक्रिया