सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह पक्राउ परेका छन् ।
प्रहरीले बिहीबार साँझ अयाोजित सपथग्रहण समारोहबाट प्रहरीले साहलाई पक्राउ गरेको हो । सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार साह कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी हुन् ।
अदालतले आदेशमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साह गत १६ मंसिरमा भएको उपनिर्वाचनमा ६ सय ५२ मत प्राप्त गरी जसपा नेपालबाट वडाअध्यक्ष निर्वाचित भएका थिए ।
प्रतिक्रिया