दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता

दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता


ग्लोब नेपाल
405
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता भएको छ । उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् ।

साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीबिरुद्ध अभियोगपत्र दायर गरेको हो । सरकारी वकिलले उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन माग दावी गरिएको छ ।

दफा (४७) को (२) अनुसार उनलाई थप सजाय हुन मागदावी गरिएको श्रेस्तेदार शर्माले जानकारी दिएका छन् । ४ मङ्सिरमा पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको छ ।