काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा विराटनगर किङ्सले काठमान्डू गोर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ । विराटनगरले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर उक्त योगफल तयार गरेको हो । विराटनगरका लागि सर्वाधिक राजेश पुलामीले २५ रनको योगदान दिए ।
ओपनर ब्याट्सम्यान दिपक बोहोराले २० तथा बसिर अहमद १३, स्कट इडवार्ड्स १५, निकोलस किर्टन १२ र लोकेश बम ८ रन बनाएर आउट भए । विराटनगरलाई सस्तैमा समेट्नका लागि काठमान्डूका गेरास एडमर्डसले ३ तथा दिपेश खरेलले २ विकेट लिएका थिए ।
प्रतिक्रिया