प्रा. डा. विष्णु राई तीसका दशकका कवि तथा कथाकार हुन् । उनी निरन्तर लेखिरहेका छन् । प्रा. डा. विष्णु राईका अटोग्राफ (२०७१) कथा सग्रहभित्र २७ वटा र १९ वटा परपर (२०५५) कथा सग्रहभित्र विभिन्न कथाहरु रहेका छन्। यस दुई कथा सग्रहभित्र रहेको विभिन्न शीर्षकका कथाहरुले आफैमा एक उत्कृष्ट विषय वस्तु बोकेका छन्।
प्रत्येक कथाको आफ्नै अनौठो कल्पना र मीठा शब्द देख्न सकिन्छ । हरेक कथाले जीवन, प्रेम, समाज, सस्कृति, र राजनीतिका विभिन्न पक्षहरुको अन्वेषण गर्दछ । उनले कथाका माध्यमबाट समाजमा घटेका र घट्न सक्ने सम्भावना बोकेको विभिन्न सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, पक्षहरुको मुद्धा र लक्ष्यहरुमा आफ्नो मीठो कल्पना प्रस्तुत गरेका छन्।
शीर्षक अटोग्राफ कथा सग्रहभित्रका २७ वटा कथाहरु मध्य जीवनको छाया, हराएको आकाश, लक्ष्य, निदको समुद्र, चिउरीको रुख लगायतका शीर्षकहरु एकदमै उत्कृष्ट र मन छुने रहेको छ । त्यसै गरी शीर्षक परपर कथा सग्रहभित्रका १९ वटा कथाहरु मध्य अर्थहिन सपनाहरु, रहर, डुब्न लागेको घाम, आधी बाटो र समावेदना लगायतका कथाहरु एकदमै रमाइला र मन छुने रहेको छ।
हरेक कथाहरु कुनै प्रख्यात सिनेमाको काहानी जस्तो लाग्छ । किनभने हरेक कथामा कहानीमा ट्विस्ट नै ट्विस्ट पाउँन सकिन्छ । साथै अनिश्चय पनि कथामा पाइन्छ । त्यसैले कथा पढ्दै गर्दा कथाका पात्रहरु अक्षर र पुस्तकमा मात्र सीमित नभएर, लाग्छ ती पात्रहरु साचिकै आफ्नै आँखा अगाडि अभिनय गर्दै छन्। सोही कल्पनामा कथाहरु पढ्दै गर्दा कतिबेला कथा समाप्त भयो भन्ने पत्तै हुँदैन ।
हरेक कथाले सामाजिक, आर्थिक र राजनैतिक भाव बोकेको छ, साथै पुरुष प्रधान समाजमा महिलाहरुले सामना गर्न परेको चुनौतिहरुका कथा मार्फत प्रस्तुत गरीएको छ । समाजमा घट्ने बिभिन्न सामाजिक , राजनैतिक कारणले हुने घटनाहरु, आर्थिक अभावका कारणले भोग्न परेको दखहरु पनि कथामार्फत प्रस्तुत गरिएको छ । कथामा माया प्रेमका कल्पनाहरु, मायामा मिलन, बिछोड, मरण, पूर्णभेट, त्याग र सर्मपणजस्ता घटनाहरु प्रस्तुत गरिएको छ ।
त्यसैगरी राजनैतिक अस्थिरता, नेताहरुको झूठो भाषण, झुठो सपनाका कारण जनताहरुले खेप्न परेको दुख अनि मर्दै गरेको आशा र भरोसा समेत यी कथासग्रहमार्फत् प्रस्तुत गरिएको छ । गरिबीको कारणले पूरा गर्न नसकेको अर्थहीन सपनाहरु, भाग्य पलाउने ठाउँ खोज्दै हिडेका गन्तब्यहिन परिवारको यथार्थ यस कथा मार्फत् प्रस्तुत गरिएको छ । यो कथाकारको उच्चतम आदर्श अभिव्यक्ति हो र उनले कथामार्फत आफ्नो किराँती संस्कार, संस्कृति र सोको उत्भवबारे पनि कथाको रुपमा प्रस्तत गरेका छन्।
जस्तो यसको नमुना अन्तिम नाँच कथालाई लिनसकिन्छ र कथाको शीर्षक सामान्य जस्तो लागे पनि हरेक कथाले गहिरो अर्थ र आशय बोकेको छ र जुसबाट हामी धेरै ज्ञान अनुभव लिन सक्छौ र समाजको यथार्थ चित्रण बुझ्न सक्छौ । त्यसैले कथा पढ्दै जाने क्रममा यो कथा नभएर कतै वास्तविक घटना त हैन भनेर सोच्न समेत बाध्य बनाउने खालका कथाहरु छन्।
वास्तबमा प्रा. डा. विष्णु राईको रचना र लेख कथा ,कविता,गीत सग्रह मात्र नभएर अन्य क्षेत्रमा पनि उनी अब्बल देखिन्छन् । जस्तै उनी एक मानवशास्त्री भएको कारण राजनीतिक समाजिक अवस्थाको लेखक पनि रहेका छन्। हालै उनको एउटा अग्रेजी पुस्तक प्रकाशन भएको छ । जस्मा उनले मुलुकको सामाजिक अवस्थाबारे राम्रो प्रस्तुति दिएका छन् । यसका साथै उनी लामो समयदेखि प्राध्यापक पनि हुन् ।
माथि उल्लेखित हरेक क्षेत्रमा उनको उत्कृष्टता हासिल गर्न सक्ने क्षमता साच्चै प्रभावशाली छ । उनी बहुप्रतिभाको धनी देखिन्छ । उनले आफ्नो शब्द र रचनाहरुले धेरै पाठकहरुको ह्द्दयलाई छोएको छ । उनको रचनात्मक क्षमता र कलाको सम्मान गर्दै आफ्नो यो क्षमता आगामी दिनहरुमा पनि कायम राख्न आग्रह गर्दछु। बधाई दिदै आगामी दिनको नयाँ लेखहरुको लागि अग्रीम शभकामना दिन चाहान्छु। मलाई आशा छ उनको लेख, रचना र बिष्लेषणले पाठकहरुलाई मोहित तुल्याउने छ ।
प्रतिक्रिया