सत्ता गठबन्धनका भातृ संस्थाद्वारा एनआरएन अध्यादेशको विरोध

सत्ता गठबन्धनका भातृ संस्थाद्वारा एनआरएन अध्यादेशको विरोध


ग्लोब नेपाल
621
Shares

न्यूयोर्क । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई १० वर्षसम्म नि:शुल्क भिसा प्रदान गर्ने भन्ने सरकारको प्रस्तावको गैरआवासीय नेपालीहरुको प्रतिनिधिमूलक संघ,संस्थाले विरोध गर्दै यस्तो प्रस्ताव फिर्ता लिन सरकारसँग माग गरेका छन्।

गैरआवासीय नेपाली सम्बन्धी कानुनलाई संशोधन गर्दै हालै सरकारले यसरी १० वर्षसम्म भिसा शुल्क नि:शुल्क गर्ने गरी अध्यादेशमार्फत कानुन ल्याउन लागेको छ। तर यस्तो व्यवस्था नेपालको संविधान विपरित भन्दै प्रवासमा रहेका नेपाली संघ,संस्थाहरुले विरोध गरेका हुन्।

यसरी विरोध गर्नेहरुमा वर्तमान सत्ता गठबन्धनका प्रमूख दल नेपाली कांग्रेस र नेकपा एमाले निकट भातृ संस्था नै अग्रपंक्तिमा रहेका छन्। अमेरिकास्थित नेपाली कांग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समिति र एमाले निकट प्रवासी नेपाली मंचका अध्यक्षद्वयले संयुक्त वक्तब्य सार्वजनिक गर्दै नेपाल सरकारलाई संविधान प्रदत्त अधिकारको कार्यान्वयनमा ध्यानाकर्षण गराएका छन्।

समितिका सभापति आनन्द विष्ट र मंचका अध्यक्ष कृष्ण लामिछानेले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ,- गैरआवासीय नेपाली नागरिकता वा परिचयपत्रप्राप्त व्यक्ति र तिनका परिवारलाई नेपालमा बसोबास गर्दा १० वर्षसम्म गैरआवासीय भिसा निःशुल्क प्रदान गर्ने व्यवस्था गर्ने’ भन्ने कानुन संशोधनको बुँदालाई पुनर्विचार गरी हामीहरुको संविधान प्रदत्त अधिकारको पूर्ण सुरक्षाको प्रत्याभूतिका लागि अनुरोध गर्दछौं। आफ्नै नागरिकलाई आफ्नै देशमा भिषा लगाउनु पर्ने भन्ने व्यवस्था गरिनु संविधानको भावना विपरीत कदम हो भन्ने हाम्रो ठहर छ।’

यसैगरी विज्ञप्तिमा देश बाहिर रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था कार्यान्वयन गर्न पनि माग गरिएको छ।

दुई संस्थाले जारी गरेको संयुक्त विज्ञप्ति जस्ताको तस्तै: