काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १.८३ अंकले बढेर २ हजार ५९५.९६ विन्दुमा पुगेको छ ।
आज बैंक, फाइनान्स, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको छ । आज सबैभन्दा धेरै होटल समूहको शेयर १०७ अंकले बढेको छ ।
आज दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन न्यादी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज बजारसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अस्ति सोमवार साढे ६ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज २ सय ९९ वटा कम्पनीका १ करोड ७ लाख कित्ता शेयर ५ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया