लगातार ४ दिन बढेकाे शेयर बजार आज ११ अंकले घट्याे

लगातार ४ दिन बढेकाे शेयर बजार आज ११ अंकले घट्याे



काठमाडौं । लगातार ४ दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.१० अंकले घटेर २ हजार ६५४.३५ विन्दुमा झरेको छ ।

आज विकास बैंक र उत्पादन बाहेक सबै समूहको शेयर घटेको छ । आज फाइनान्स समूहको शेयर सबैभन्दा धेरै झन्डै साढे २ प्रतिशतले ओरालो लागेको छ ।

आज सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सामुदायिक लघुवित्त, कर्पाेरेट विकास बैंक र सिकलेस हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका १ करोड ५१ लाख कित्ता शेयर ७ अर्ब ८५ करोड रुपैयाँमा किनबेच भएको छ ।