एमाले नेता ऐन महरविरुद्ध अदालतले परमादेश दिँदा पीडित भनिएकी युवती प्रहरी हिरासतमा

एमाले नेता ऐन महरविरुद्ध अदालतले परमादेश दिँदा पीडित भनिएकी युवती प्रहरी हिरासतमा


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । एमाले नेता ऐन महरविरुद्धको बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनले परमादेश दिँदा सोही मुद्दामा पीडित भनिएकी युवती रश्मिला धामीलाई प्रहरीले हिरासतमा लिएको छ । धामीलाई सिंहदरबार प्रहरी वृतको हिरासतमा राखिएको छ। उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले हिजो बुधबार ऐन महरविरुद्धको मुद्दामा अनुसन्धान अघि बढाउन परमादेश दिएको थियो ।

हिजो बुधवार उच्च अदालत पाटनले युवती धामीको जाहेरी तत्काल दर्ता गरी अनुसन्धान अघि बढाउन प्रहरी र सरकारी वकिल कार्यालयका नाममा परमादेश जारी गरेको थियो । यस अघि धामीको जाहेरीलाई काठमाडौं प्रहरी परिसरले अनुसन्धान नै नगरी तामेलीमा राखेको थियो। जाहेरी तामेलीविरुद्ध धामी रिट लिएर उच्च अदालतमा पुगेकी थिइन् । धामीले ३ वटा रिट दिएकी थिइन । तीन मध्ये इजलासले दुईवटा खारेज गर्दै एउटामा परमादेश दिएको हो ।

रश्मिलामाथि विद्युतीय अपराध (साइबर क्राइम) मा जाहेरी प्रहरीले जनाएको छ। फेसबुक लाइभमा बसेर व्यक्तिको नाम किटान गर्दै सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गरेको आरोपमा धामीलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । नेपाल प्रहरीको साइबर ब्युरोले धामीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो ।