जेलेनेस्की तानाशाह हुन्, उनले युक्रेनलाई खत्तम बनाएः ट्रम्प

जेलेनेस्की तानाशाह हुन्, उनले युक्रेनलाई खत्तम बनाएः ट्रम्प


ग्लोब नेपाल
189
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेनेस्कीमाथि तानाशाको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले जेलेन्स्कीलाई चुनावविना राष्ट्रपति बनेको आरोप लगाएका छन् ।

त्यसअघि जेलेनेस्कीले युक्रेनबारे रुसले फैलाएको गलत सूचनाबाट ट्रम्प भ्रमित भएको टिप्पणी गरेका थिए । राष्ट्रपति कार्यकाल सन् २०२४ को मेमा सकिए पनि जेलेनेस्की पदमै छन् ।

ट्रम्पले जेलेनेस्कीको पक्षमा युक्रेनका जनता नरहेको तथा उनी कमेडियन भएको पनि टिप्पणी गरेका छन् । आफू युक्रेनी जनताको पक्षमा रहेको र उनीहरुलाई माया गर्ने भन्दै ट्रम्पले जेलेनेस्कीले आफ्नो देशलाई खत्तम पारेको आरोप पनि लगाए ।

जेलेनेस्कीकै कारण अनाहकमा लाखौं मानिस मारिएको उनको भनाइ छ । पूर्ववर्ती राष्ट्रपति जो बाइडेनको कार्यकालमा अमेरिकाले युक्रेनलाई साढे तीन सय अर्ब डलर दिएपनि त्यसबाट अमेरिकाले केही नपाएको ट्रम्पले बताए । उनले जेलेनेस्कीकै सनकले रुस युक्रेन युद्ध भएको आरोप लगाए ।

अमेरिकाले दिएको आधा रकम जेलेन्स्कीले गायब पारेको आरोप ट्रम्पको छ । बाइडेनलाई जेलेनेस्कीले आफ्नो इशारामा नचाएको उनले बताए । ट्रम्पले आफू रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा रहेको र त्यसो गर्न सक्ने खुबी आफूमा मात्र रहेको दाबी गरे ।