६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस



काठमाडौं । ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । बिहीबार बढुवा समितिले उनीहरूलाई बढुवा गर्न सिफारिस गरेको हो ।

समितिले चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार शर्मालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।