८४ को चुनावमा सबै निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी दिन्छौं : हर्क साम्पाङ

८४ को चुनावमा सबै निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी दिन्छौं : हर्क साम्पाङ



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आउँदो निर्वाचनमा सबै स्थानीय तह र निर्वाचन क्षेत्रहरूमा आफूहरूले उम्मेदवारी दिने बताएका छन् ।

इमान्दार र काम गर्न चाहनेहरूलाई समेटेर स्थानीय तहदेखि संघसम्मका चुनावमा उम्मेदवारी दिने उनको भनाइ छ ।

सामाजिक सञ्जाल फेसबुकमा मंगलबार पोस्ट गर्दै उनले भने, ‘०८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिन्छौं, दाग नलागेका इमान्दार र काम गर्न चाहनेहरू हाम्रा उम्मेदवार बन्नेछन् ।’

मेयर साम्पाङ २०७९ वैशाखमा भएको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिई धरान उपमहानगरको मेयर निर्वाचित भएका थिए ।

उनले आगामी निर्वाचनमा पार्टी खोल्ने वा स्वतन्त्र नै उम्मेदवारी दिने भन्नेबारेमा भने केही खुलाएका छैनन् ।