बागलुङ जैमिनीको मेयरमा चर्चामा रहेका हरि आचार्य को हुन् ?

बागलुङ जैमिनीको मेयरमा चर्चामा रहेका हरि आचार्य को हुन् ?


ग्लोब नेपाल
692.1k
Shares

बागलुङ । मुलुक स्थानिय निकायको निर्वाचनमा होमिएको छ । स्थानिय निर्बाचनका लागी बैशाख ११ र १२ गते मनोनयन दर्ता हुँदै छ । अन्यत्र जस्तै बागलुङको जैमिनी नगरपालिका पनि निर्बाचनले गर्माएको छ । जैमिनीको मेयरमा काँग्रेस नेता हरि आचार्य संभाव्य उम्मेदवारको रुपमा चर्चामा छन् । आचार्यको जैमिनी काँग्रेसभित्र इमान्दार, निष्टावान, अनुभवी र परिपक्व व्यक्तित्वका रुपमा पहिचान छ ।

आचार्यले २०३६ सालदेखि नेपाल विद्यार्थी संघमा आवद्ध भई जनमत संग्रहका बेला बहुदलको पक्षमा राजनीतिमा होमिएका थिए । २०४२ सालको सत्याग्रहमा वीरेन्द्र बहुमुखी क्याम्पस चितवनमा अध्यनरत रहँदा केही दिन हिरासतमा परे । आचार्य वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा २०४१ सालदेखि ०४३ सालसम्म ने.वि.संघ इकाई समिति सदस्य रही क्रियालिश रहेका थिए । त्रिचन्द्र बहुमुखी क्याम्पस– घण्टाघर, काठमाडौँमा २०५१ सालमा स्वतन्त्र विद्यार्थी यूनियनको सचिव रही काम गरे । त्रिचन्द्र बहुमुखी क्याम्पसमै २०५१ देखि २०५३ सम्म ने.वि.संघ इकाई अध्यक्ष रहे । त्यसपछि २०५३ देखि २०५५ सम्म त्रिचन्द्रको स्ववियू सभापति बने ।

२०५३ मा काँग्रेसको नवौँ राष्ट्रिय महाधिवेशनमा बागलुङ क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका थिए । दशौँ राष्ट्रिय महाधिवेशनमा २०५७ मा बागलुङ क्षेत्र नं. २ बाट क्षेत्रीय महाधिवेशन प्रतिनिधि बनेका आचार्य एघारौँ राष्ट्रिय महाधिवेशनमा २०६१ सालमा बागलुङ क्षेत्र नं.२ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि थिए । यस्तै बाह्रौँ राष्ट्रिय महाधिवेशनमा २०६७ सालमा बागलुङ क्षेत्र नं. २ बाट केन्द्रीय महासमिति सदस्य बने । तेह्रौँ राष्ट्रिय महाधिवेशनमा २०७३ सालमा बागलुङ क्षेत्र नं.२ बाट क्षेत्रीय महाधिवेशन प्रतिनिधि रहेका थिए । पछिल्लोपल्ट आचार्य चौधौँ राष्ट्रिय महाधिवेशन २०७८ मा बागलुङ क्षेत्र नं.२ बाट क्षेत्रीय महाधिवेशन प्रतिनिधि बनेका थिए ।

आचार्य २०५१ देखि २०७८ सम्म पटकपटक काँग्रेस कागलुङ.जिल्ला कार्यसमिति सदस्य बनेका थिए । उनी २०६२, ६३ को ऐतिहासिक जनआन्दोलनलाई सफल बनाउने उद्देश्यका साथ धौलागिरीका चारवटै वटै जिल्लाको काँग्रेसमा क्रियाशिल व्यक्तित्वहरुको भेलामार्फत २०५९ मा धौलागिरी काठमाडौँ सम्पर्क समितिको अध्यक्षसमेत रहेका थिए । २०६० मा नेपाल तरुण दलको केन्द्रीय सदस्य, २०६१ सालमा नेपाल तरुण दलको तेस्रो राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय समितिमा निर्वाचित भए । ऐतिहासिक जन आन्दोलन २०६२÷०६३ मा तरुण दलको केन्द्रीय समितिमा रही काठमाडौं तथा देशका अन्य विभिन्न ठाउँहरुमा आन्दोलनको नेतृत्व गर्दा आचार्य पटक पटक जेल तथा हिरासतमा परेका थिए ।

उनले ऐतिहासिक जनआन्दोलन २०६२/०६३ मा नेपाल तरुण दलको केन्द्रीय सदस्य एवम् नेपाली काँग्रेस धौलागिरी काठमाडौँ समितिको अध्यक्षको जिम्मेवारीमा रही काठमाडौँ उपत्यकामा आन्दोलनको परिचालन गरेका थिए । आन्दोलनलाई परिचालन गर्नेक्रममा उनी गम्भीर घाइते समेत भएका थिए । गृह मन्त्रालयको रेकर्डमा आचार्यको घाइते परिचय पत्र नं. ९१८ रहेको छ । आचार्यले माध्यामिक तहको शिक्षक भई बागलुङको श्री जनकल्याण मा.वि. नेपाने, छिस्तीमा २०४३ देखि २०४५ सम्म गणित र विज्ञान विषय अध्यापन गराएको अनुभव छ । यस्तै बागलुङकै श्री जनता मा.वि पैँयुथन्थापमा २०४५ देखि २०४६ मा मा.वि. तहमा गणित र विज्ञान विषयको अध्यापन गराएका थिए । शिक्षा सेवीको अनुभवसमेत उनमा छ ।

नेपाली काँग्रेसको आयोजनामा आयोजित विविध प्रशिक्षण कार्यक्रमहरुमा सहभागी भई आचार्यले प्रमाण पत्र समेत प्राप्त गरेका छन् । यस्तै पार्टीले खटाएको विभिन्न ठाउँमा प्रशिक्षक भई प्रशिक्षण प्रदान गरेको अनुभव छ । उनले २०५६ सालमा सामाजिक एकता र विकासको लागि शान्ति अभियान–नेपाल नामक संस्था दर्ता गरी बागलुङ जिल्लाको साविक क्षेत्र नं. १ र २ मा विविध सामाजिक कार्यहरुसमेत गरेको अनुभव उनमा छ । आचार्यको विशेष पहलमा साँस्कृतिक महत्वको बागलुङ भगवती कालिका मान्दिरको कम्पाउण्डमा एक सत्तल निर्माण र माईको थानको जिर्णोद्धार संपन्न भएको छ । सीपमूलक र आयआर्जन हुने कार्यको तालिम प्रदान गराउनसमेत आचार्यले सक्रिय भूमिका खेलेका छन् । यति मात्र नभै जैमिनी नगरपालिकाभित्रका वडामा अन्य थुप्रै विकास–निर्माणका योजना लैजान सक्रिय भूमिकासमेत खेलेका छन् ।

नेपाल तरुण दलको केन्द्रिय समितिमा रहँदा आचार्यले विश्व युवा सम्मेलन एवम् अन्य विविध कार्यक्रममा भारत, दुबई, बेल्जियम, फ्रान्स, होल्याण्ड, जर्मनी र बहराइन जस्ता राष्ट्रहरुमा सहभागीता जनाएका थिए । २०४५ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिएका आचार्यले एम.एस्सी तथ्याङ्कशास्त्र, एम.ए.समाजशास्त्र र एमए मानवशास्त्रसम्मको शैक्षिक योग्यता हासिल गरेका छन् ।