निलम्बित गभर्नरको रिटमाथि मंगलबार सुनुवाइ हुने

निलम्बित गभर्नरको रिटमाथि मंगलबार सुनुवाइ हुने


ग्लोब नेपाल
432
Shares

काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि भोलि (मंगलबार) सुनुवाइ हुने भएको छ । गभर्नर अधिकारीमाथिको रिटको सुनुवाइ एकल इजलासमा हुने गरी मंगलबारका लागि पेशी तोकिएको हो ।

आफूलाई पदमुक्त गर्ने प्रयोजनले सरकारले सुरु गरेको जाँचबुझ प्रक्रियालाई सर्वोच्च अदालतमा आइतबार निवेदन लिएर पुगेका थिए । सर्वोच्च अदालतले गभर्नर अधिकारीको रिट आज (सोमबार) दर्ता गरी मंगलबारका लागि पेसी तोकेको हो । गभर्नर अधिकारीमाथि छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा तीन सदस्य समिति गठन गरेको थियो । त्यस विरुद्ध गभर्नर अधिकारीले सर्वोच्च अदालतमा दिएको निवेदन दिएका थिए ।

गभर्नर अधिकारीले निवेदनमा आफूलाई पदमुक्त गर्ने उद्देश्यले जाँचबुझ समिति गठन गरिएको, नेपाल राष्ट्र बैङ्कले गभर्नरलाई पदमुक्त गर्न जाँचबुझ समिति गठन गर्नुपूर्वको अवस्था अहिले नरहेको, जाँचबुझ समितिका अध्यक्ष अर्थमन्त्री जनार्दन शर्माका आफन्त भएको साथै सदस्यहरुको योग्यता पनि नपुग्ने लगायतका कारण उल्लेख गरेका छन् ।