पार्टी सबैको हो, फुट्दैन : डा. लोहनी

पार्टी सबैको हो, फुट्दैन : डा. लोहनी



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनी आइतबार निर्वाचन आयोग पुगेका छन्।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत केही नेताहरूमाथि कारबाही गरेपछि असन्तुष्ट समूहले आयोगमा निवेदन दिएका हुन्।

नेता लोहनीले अहिलेको परिस्थितिमा राजावादी आन्दोलन बलियो हुँदै गएको बताए। उनले भने, “आन्दोलन चिया खाएको जस्तो सजिलो कुरा होइन, तर आन्दोलनबिना नेपालमा सन्तुलन आउँदैन।”

उनले भने ‘संविधानभित्रको राजसंस्था र त्यसको पहिचान स्थापना नगरेसम्म यो सन्तुलन आउँदैन । त्यसका लागि जमिन उर्बर छ । त्यसो गर्ने हामी सबै मिलेर हो ।’

निर्वाचन आयोग परिसरबाटै उनले पार्टी नफुट्ने भन्दै ढुक्क हुन अग्रह समेत गरे ।

उनले भने–‘पार्टी फुट्दैन । ढुक्क हुनुस् । पार्टीभित्र न्याय भयो भने पार्टी बलियो हुन्छ । पार्टी सबैको हो र यसलाई हामी सबैले मिलेर अगाडि बढाउनुपर्छ ।’