मुस्ताङको कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण

मुस्ताङको कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण



मुस्ताङ । घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण भएको छ । दुई वर्षमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको हो ।

बेलिब्रिज निर्माणका लागि सङ्घीय विशेष अनुदानको एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको ९० लाख लागत साझेदारी गरी जम्मा दुई करोड ८७ लाख २६ हजारमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले जानकारी दिए ।

जडान गरिएको बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४ दशमलव २० मिटर छ । बेलिब्रिज निर्माणका लागि रविचक्र निर्माण सेवाले ठेक्का लिएको थियो ।

राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक राजमार्ग नजिकै भएर पनि कालीगण्डकी पारि ओझेलमा परेका घरपझोङ—१ छैरो र चिमाङ गाउँका स्थानीयबासिन्दालाई बेलिब्रिज निर्माणपछि निक्कै राहत पुगेको वडाध्यक्ष आशबहादुर थकालीले बताए ।