तीन संसदीय समितिको बैठक आज, प्रमुख एजेन्डा के-के छन्?

तीन संसदीय समितिको बैठक आज, प्रमुख एजेन्डा के-के छन्?



काठमाडौं । संघीय संसद अन्तर्गत रहेका तीन संसदीय समितिहरू सोमबार बैठक बस्दै छन्। ती समितिहरूमा महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, र विधायन व्यवस्थापन समिति रहेका छन्।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा हुनेछ। बैठकमा राष्ट्रिय बालअधिकार परिषदले तयार पारेको बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८१ माथि छलफल हुने कार्यसूची रहेको छ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ। यस बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधन प्रस्तावकर्ताहरूसँग विचारविमर्श गरिनेछ।

यसैगरी, दिउँसो २ बजे नै विधायन व्यवस्थापन समितिको बैठक सिंहदरबारमा हुनेछ। उक्त बैठकमा जलस्रोतसम्बन्धी विधेयक २०८१ का दफा अनुसार छलफल अघि बढाइने संसद सचिवालयले जानकारी दिएको छ।