गजुरेलको आरोप: प्रचण्ड -बाबुरामको गद्दारीले जनगणतन्त्र आउन सकेन

गजुरेलको आरोप: प्रचण्ड -बाबुरामको गद्दारीले जनगणतन्त्र आउन सकेन



काठमाडौं । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेलले अहिले नेपालमा जनगणतन्त्र अझै नआएको दाबी गरेका छन्।

ललितपुरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको व्यवस्था बुर्जुवा गणतन्त्र भएको उल्लेख गर्दै भने, “पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको गणतन्त्र हो। यसले देशमा विकास गर्दैन।”

उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईको गद्दारीका कारण जनगणतन्त्र स्थापना हुन नसकेको आरोप लगाए।

गजुरेलले स्पष्ट पारे, “बुर्जुवा गणतन्त्रका लागि हामी लडेका थिएनौँ।”

उनका अनुसार, “नेपाली कांग्रेसको एजेन्डामै बाबुराम र प्रचण्ड अहिले पनि हिँडिरहेका छन्। अहिले प्राप्त भएको जुन लोकतान्त्रिक गणतन्त्र छ, लोकतान्त्रिक गणतन्त्र नै हाम्रो लागि अभीष्ट हो। यसलाई बचाउनका निम्ति अघि बढ्नुपर्छ भनेका छन्।”