घाँस काट्ने मेशिनबाट करेन्ट लागेर दम्पतीको ज्यान गयो

घाँस काट्ने मेशिनबाट करेन्ट लागेर दम्पतीको ज्यान गयो



सुर्खेत । सुर्खेतमा करेन्ट लागेर दम्पतीको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा आज बिहान करेन्ट लागेर घाइते भएका दम्पतीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ५५ वर्षीय धनिराम आचार्य र उहाँकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको आफ्नै घरमा विद्युतीय मेशिनमार्फत घाँस काटिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।