काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया भोलिलाई सरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकलाई दल नेता बहादुरसिंह लामाले अवैध भन्दै सहभागी नभएपछि बैठक भोलिलाई सरेको हो ।
बागमतीमा इन्द्र बानियाँले कांग्रेस संसदीय दलको नेताहुँदै मुख्यमन्त्री हुन चाहेका छन् । त्यसका लागि उनले २१ सदस्यको हस्ताक्षर जुटाएर लामाविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गराइसकेका छन् ।
तर लामाले दलको बैठक डाक्ने अधिकार आफूलाई मात्रै रहेको बताउँदै बानियाँ पक्षधरले बोलाएको बैठकलाई अवैध भनेपछि बैठक बस्न नसकेको हो । लामाले अबको प्रक्रियाा भोलि आरम्भ हुने बताए । विवाद मिलाउन केन्द्रबाट राजेन्द्र केसी हेटाैंडामा खटिएका छन् ।


प्रतिक्रिया