बानियाँको पक्षमा हस्ताक्षर गर्ने २ जनाले नाम फिर्ता लिएपछि बागमति कांग्रेसमा रोचक

बानियाँको पक्षमा हस्ताक्षर गर्ने २ जनाले नाम फिर्ता लिएपछि बागमति कांग्रेसमा रोचक


ग्लोब नेपाल
1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेस बागमति प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध अविश्वासको पक्षमा हस्ताक्षर गर्ने दुईजनाले नाम फिर्ता लिएका छन् । सांसदद्वय मीना पराजुली र माया श्रेष्ठले नाम फिर्ता लिएका हुन् । संसदीय दलका नेता लामाविरुद्ध विश्वास छैन भनी गत साउन १० गते २१ जना सांसदले संसदीय दलमा प्रस्ताव दर्ता गराएका थिए । दुई सांसद पुनः लामाकै पक्षमा उभ्याएपछि संसदीय दलको नेता बन्नका लागि इन्द्रबहादुर बानियाँलाई थप अप्ठ्यारो परेको छ ।

लामालाई दलको नेताबाट हटाउन गत शुक्रबार २१ जना प्रदेश सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । बागमती प्रदेशमा कांग्रेसका ३७ जना सांसद छन् । दलको नेता परिवर्तन गर्नका लागि १९ मत आवश्यक पर्दछ ।

दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री लामाले विधान अनुसार बहुमत सदस्यको समर्थन रहेको सिद्ध गर्नुपर्नेछ । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको अगुवाइमा लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।