मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ३ मन्त्रीहरूको शपथ ग्रहण आज हुँदै छ । दिउँसो १ बजेका लागि कांग्रेसका नवनियुक्त ३ मन्त्रीको शपथ ग्रहण कार्यक्रम हुने भएको हो ।
बुधबार सत्ता साझेदार दल एमालेको असहमतिपछि कांग्रेसका नवनियुक्त ३ मन्त्रीको शपथ ग्रहण रोकिएको थियो । उक्त रोकिएको शपथ कार्यक्रम आज १ बजे गर्ने गरी मुख्यमन्त्री बहादुर सिंह लामाले तयारी अघि बढाएका छन् ।
३ मन्त्रीहरूको शपथ ग्रहणका लागि प्रदेश प्रमुख कार्यालयले सार्वजनिक सूचना आह्वान गरेकाे छ ।
मुख्यमन्त्री लामाले रिक्त ५ मन्त्रालय मध्ये ३ वटामा मन्त्री नियुक्त गरेर बुधबार बिहान ९ बजे सपथका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । उनले चितवनकी माया श्रेष्ठ, गीता गुरुङ र धादिङका गोविन्द लम्साललाई पनि मन्त्री बनाएका थिए ।
मुख्यमन्त्री लामाले मन्त्री नियुक्त गरेका लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णय सहित प्रदेश प्रमुखसमक्ष पत्राचार गरेका छन् ।


प्रतिक्रिया