काठमाडौं । प्रहरीले गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङलाई पक्राउ गरेकाे छ । काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
झैझगडा गरेको आरोपमा गएराति उनलाई पक्राउ गरिएको एसपी कुलदीप चन्दले जानकारी दिए । उनलाई हाल प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान भइरहेको छ ।
उनी यसअघि पनि कुटपिट आरोपमा पटक पटक पक्राउ परेका थिए ।


प्रतिक्रिया