संघीय लोकतान्त्रिक मोर्चाबाट बाहिरियो जनमत

संघीय लोकतान्त्रिक मोर्चाबाट बाहिरियो जनमत



काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी तराई मधेसकेन्द्रित सात दलीय संघीय लोकतान्त्रिक मोर्चाबाट बाहिरिएको छ । यससँगै रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा जनमत पार्टीले आफ्नै उम्मेदवार उठाउने भएको छ ।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवका अनुसार पार्टीले रुपन्देहीको उपनिर्वाचनका लागि आफ्नै उम्मेदवार उठाउने भएको हो । उनले संघीय लोकतान्त्रिक मोर्चा कसैलाई सांसद र मन्त्री बनाउन गठन नगरिकएको बताए ।

यद्यपि निर्चाचनको विषयलाई लिएर मोर्चामा रहन नसक्ने आशय दिए पनि जनमतले संविधान संशोधनको विषयमा सहकार्य गर्न सकिने भने बताएको छ ।