रुपन्देही–३ उपनिर्वाचनका लागि आवेदन दिनेहरूसँग रास्वपाको बैठक

रुपन्देही–३ उपनिर्वाचनका लागि आवेदन दिनेहरूसँग रास्वपाको बैठक



काठमाडौँ । रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आवेदन दिने नौ जनासँग आज छलफल गर्ने तयारी गरेको छ।

सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार छलफल दिउँसो १ बजेदेखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा हुनेछ। यस प्रक्रियाको अवलोकन कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठकले गर्नेछन्।

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका दीपक बोहरा विजयी भएका थिए। उनको निधनपछि रिक्त भएको स्थानमा निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकेको हो।

रास्वपामा उम्मेदवार बन्न आवेदन दिने व्यक्तिहरूमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन्।