भियतनामकी उपराष्ट्रपति जुआन नेपाल आउँदै

भियतनामकी उपराष्ट्रपति जुआन नेपाल आउँदै



काठमाडौं । भियतनामकी उपराष्ट्रपति भो थि आन्ह जुआन तीनदिने औपचारिक भ्रमणका लागि शनिबार नेपाल आउँदैछिन्।

उनले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग द्विपक्षीय वार्ता गर्नेछिन्। साथै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

भ्रमण सकेर उनी सोमबार स्वदेश फर्कनेछिन्।