पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले बुधबार युरोपेली मुलुकहरू युक्रेनसँग शान्ति सम्झौता भएपछि आवश्यक सुरक्षा सहायता दिन पूर्णतः तयार रहेको बताएका छन् ।
युक्रेनलाई समर्थन जनाउने इच्छाशक्तिका आधारमा बनेको युरोपेली समूहको बैठकअघि बोल्दै राष्ट्रपतिले भने, ‘हामीले आवश्यक तयारी पूरा गरिसकेका छौँ, अब यसलाई राजनीतिक सहमतिमा रूपान्तरण गर्ने चरण सुरु हुँदैछ ।’
उनले युरोप युक्रेनमा दिर्घकालीन र स्थायी शान्ति स्थापनाको पक्षमा दृढ रहेको स्पष्ट पार्दै भने, ‘अब मुख्य प्रश्न भनेको रुस साँच्चै शान्ति चाहन्छ कि चाहँदैन भन्ने हो ।’
रुसबाट शान्तिको कुनै सङ्केत देखिँदैन : जेलेन्स्की
फ्रान्स भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई राष्ट्रपति म्याक्रोनले पेरिसमा स्वागत गरेका थिए ।
राष्ट्रपति जेलेन्स्कीले भने, ‘रुस यो युद्ध अन्त्य गर्न चाहन्छ भन्ने कुरा पुष्टि हुने खालका कुनै सकारात्मक सङ्केतहरू देखिएका छैनन ।’


प्रतिक्रिया