नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको दाउन्नेखण्ड अवरुद्ध भएको छ ।
मर्मतका निम्ति एकतर्फी बनाइएको यो सडक बिहीबार (कात्तिक १३) बिहानदेखिको वर्षाका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सूचना अधिकारी मधु नेपालले जानकारी दिए ।
वर्षाले दाउन्नेखण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उनले बताए ।
सूचना अधिकारी नेपालले भने, “बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन् । दाउन्नेखण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि यस खण्डमा जाम हुन नदिन प्रहरी खटिएका छन् ।”


प्रतिक्रिया