ताहिरले जनकपुरबाट एनपीएल खेल्ने

ताहिरले जनकपुरबाट एनपीएल खेल्ने



काठमाडौं । दक्षिण अफ्रिकाका स्पीनर इमरान ताहिरले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

आइतबार (कात्तिक २३) बोल्ट्सले सामाजिक सञ्जालमार्फत ताहिरलाई एनपीएलको दोस्रो संस्करणको निम्ति भित्र्याएको जनाएको हो ।

योसँगै ताहिर जनकपुरले प्रतियोगिताको निम्ति भित्र्याएको तेस्रो विदेशी खेलाडी बनेका छन् । जनकपुरले यसअघि लाहिरु मिलान्था र दक्षिण अफ्रिकाकै वायने पार्नेललाई अनुबन्ध गरको थियो ।

जनकपुर पहिलो संस्करणको च्याम्पियन टोली समेत हो । एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु भएर मंसिर २७ गतेसम्म चल्नेछ ।