बारामा आमा–छोरा हत्या प्रकरणमा बुहारीसँगै दुबईबाट फर्किएका युवक कसरी जोडिए ?

बारामा आमा–छोरा हत्या प्रकरणमा बुहारीसँगै दुबईबाट फर्किएका युवक कसरी जोडिए ?


ग्लोब नेपाल
0
Shares

काठमाडौं । बारामा एकै परिवारका आमा छोरा हत्या अभियोगमा बुहारी र हालै दुबईबाट फर्किएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न भएको आरोपमा उनीहरूकै बुहारी र अर्का एक युवकलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका ती युवक २६ जनवरी (१२ माघ) मा मात्रै दुबईबाट नेपाल आएको पाइएको एक अनुसन्धान अधिकृतले जानकारी दिएका छन् ।

दुबईको सारजाह विमानस्थलबाट काठमाडौं ओर्लिएलगत्तै ती युवक बारा पुगेका थिए । त्यसपछि बुहारीकै मिलेमतो र योजनाअनुसार आमाछोराको हत्या भएको आशंका प्रहरीको छ ।

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको थियो । बुधबार बिहानीपखका राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिएका छन् ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए । आक्रमणबाट ५० वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिनाकुमारी मण्डल घाइते भएका छन् । उनीहरूको एलएसआर न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।