आज सुन तोलामा २० हजार ५ सय रुपैयाँ बढ्यो

आज सुन तोलामा २० हजार ५ सय रुपैयाँ बढ्यो

तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ


ग्लोब नेपाल
351
Shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ७ हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।