काठमाडौँ । अमेरिकी सिनेटले सरकारी खर्च सम्बन्धी महत्त्वपूर्ण मतदानमा अवरुद्ध गरेपछि सङ्घीय सरकारले आंशिक शटडाउन घोषणा गरेको जनाइएको छ । यद्यपि अवरोधहरू भने सीमित हुने अपेक्षा गरिएको जनाइएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिलाई लिएर ह्वाइट हाउस र सिनेट डेमोक्रेटबीच बढेको गतिरोधका कारण शनिबार मध्यरात पछि सटडाउन सुरु भएको जनाइएको छ ।
संघीय अध्यागमन एजेन्टहरूद्वारा मिनियापोलिसमा दुई जना प्रदर्शनकारीको हत्यामा डेमोक्र्याटहरूले रिसाएर प्रतिक्रिया दिए पछि सुरक्षा विभागको लागि नयाँ कोषका लागि वार्ता असफल भएको स्थानीय मिडियाले जनाएका छन् ।
यसै विच सिनेटर डिक डर्बिनले सामाजिक सञ्जालमा “लागु औषध तस्कर, बाल शिकारी र मानव बेचबिखन गर्नेहरूलाई पछ्याउनुको सट्टा, ट्रम्प प्रशासनले शिकागो र मिनियापोलिसमा शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई लक्षित गरी बहुमूल्य स्रोतहरू बर्बाद गरिरहेको बताएका छन् ।


प्रतिक्रिया