काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८५ अंकले घटेर २ हजार ६ सय ९४ दशमलव २० विन्दुमा झरेको छ ।
आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर सबैभन्दा धेरै १ दशमलव ७५ प्रतिशतले ओरालो लागेको छ । आज २ सय १ वटा कम्पनीको शेयर घटेकोमा ५० वटाको बढेको छ । यस्तै ९ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मिथिला लघुवित्त कम्पनीको शेयर ९ दशमलव ७० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार १४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका २ करोड २० लाख कित्ता शेयर ९ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया